चौथौ व्यापार प्रवर्धन मेला २०७९ प्रेस रिलिज

समृद्धिकोआधार स्वदेशी उत्पादनमा आत्मनिर्भरता

चौथौ व्यापार प्रवर्धन मेला २०७९ प्रेस रिलिज

मिति : २०७९।०१।१३

संख्यात्मक हिसाबले करिब १५०० को हाराहारीमा मात्र रहेका र तिनमा पनि अधिकांश साना तथा घरेलु
उद्योगको रुपमा रहेका नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुले केही वर्ष अगाडिसम्म
नेपाली उत्पादनका जुत्ता भने पछि नाक खुम्च्याउने उपभोत्ताहरुको मन जित्दै गएर स्वदेशी जुत्ता, चप्पल
बजारमा ६० प्रतिशत भन्दा बढी स्थान ओगट्न सफल भएका छन्। यो नीकै उत्साहबद्र्घक स्थिीती हो ।
यस्ता अधिकांश नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तुका उद्योगहरु सबैका लागि एक र एकका
लागि सबैको अवधारणाबाट फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालमा संगठित छन्। तिनले
आफ्ना उत्पादनहरुलाई नेपाली ब्राण्डको प्रयोग गरि स्वदेशी उद्योगको सम्मान तथा राष्ट्रसम्बृद्घिको
आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ प्रवद्र्घन गरिरहेका छन्र यसमा सफलता पनि
हासिल भइरहेका छ ।


वर्तमान अवस्था

विगत ३ वर्ष देखि कोभिडको महामारीले आक्रमक बनाएको आर्थिक क्रियाकलापमा हाल थप रसिया र
युक्रेनको युद्घको कारणले कच्चा पदार्थको लागत बढेको, बैंकको ब्याज दर एकल अंकबाट झन्दै १४–१५
प्रतिशत हुनु, भन्सार नतिरि दक्षिणी नाकाबाट सामान संगठीत तस्करी भएकोसामान नेपालमा आउनु,
श्रम शक्तीको अभाव हुनु वित्तिय क्षेत्रमा तरलता अभाव, कर्जा पाउन कठिन हुनु, व्यापार प्रवद्र्घन र
बजारीकरण लगाएतका काममा फुटवेयर क्षेत्रलाई आर्थिक, प्राविधिक सहयोग प्राप्त नहुनु जस्ता
असहजताको बाबजुद हाल पनि यस जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुमा भने अझै जीवन्त
उत्साह र दह«ो आत्मविश्वास पाईन्छ । देशको व्यापार घाटा चुलिएर अहिलेको चरम संकटको अवस्थामा
समेत एशोसिएसनको पहलमा नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तु उद्योगहरुले नेपाली औद्योगिक
उत्पादनहरु जारी राखी वस्तुहरुको उत्पादकत्व अभिबृद्घि गरी जुत्ता, चप्पलको क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर
बनाउँदै लगि निर्यात प्रवद्र्घन गर्नेतर्फ अग्रसर भईरहेका छन्। नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तु
उद्योगहरुले देशको उद्यमशिलता र अर्थतन्त्र लगायत वर्तमान समयमा आईपरेका अप्ठयारा अवस्थामा
पनि जीवन्त भन्ने सन्देश दिन सकेका छन्। तिनले आफ्ना उत्पादनलाई यथाशक्य निरन्तरता त दिईरहेका
छन्। नेपाली उत्पादनको बजारीकरण र बिक्री प्रवद्र्घनको लागि विभिन्न उपायहरु मध्य वार्षिक क्यालेण्डर
बनाई वर्षमा एक पटक औद्योगिक प्रदर्शनी र दुइ पटक व्यापार प्रवद्र्घन मेला आयोजना अनुरुप यो दोस्रा
पटक आयोजना गरिएको छ ।
यसले आम नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तुको विषयमा सकारात्मकताको सञ्चार गर्न
सघाएको छ र आम नेपालीहरुमा राष्ट्रियताको भावना प्रवद्र्घन गर्न पनि मद्दत पुर्याएको छ । यसको
ूसम्वृद्घिकोआधार स्वदेशी उत्पादनमा आत्मनिर्भरताू
उल्लेखनिय प्रभावकारीताको कारण यो वर्ष पनि अझ वृहद र प्रभावकारी रुपमा व्यापार प्रवद्र्घन मेला
आयोजना गर्न लागिएकोछ ।
चौथौ व्यापार प्रवद्र्घन मेला २०७९

चौथौ व्यापार प्रवद्र्घन मेला २०७९ मेला आयोजनाको को उदेश्य
३.१ स्वदेशी उत्पादनका बारेमा आम उपभोत्तालाई स्थलगत अबलोकन गराई आफ्ना उत्पादका बारेमा
जानकारी गराउनु,
३.२ स्वदेशी उत्पादनलाई प्रबध्र्दन गर्न प्रदर्शनी मेलाको माध्यमबाट ब्यापक प्रचार प्रसारगरी बाह्य बजार
समेत बिस्तार गर्ने रणनीतिक पहल गर्नु ,
३.३ बिदेशी जुत्ता चप्पल तथा छालाका बस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका
बस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्म निर्भर बनाउनु ,
३.४ उपभोत्ताहरुनै उत्पादन लाई सफल बनाउने मूल पात्रहरु भएका हँुदा बास्तविक उपभोत्तासंग
उत्पादकहरुले प्रत्यक्ष भेटी उनीहरुका गुनासा तथा राय सुझाव शंकलन गरी कमी कम्जोरीलाई सच्याउँदै
आफ्ना उत्पादनहरुमा सुधार ल्याउनु,
३.५ प्रतिस्पर्ध ब्यापार ब्यवसायको एउटा सुन्दर पक्ष पनि हो र चुनौती पनि हो । तसर्थ एक अर्का उद्यमी
बिच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाईनमा सुधार
ल्याउँने वातावरण तयार गर्नु ,
३.६ अस्वस्थ प्रतिस्पर्धा लाई न्युनिकरण गराउँदै उद्योगी ब्यवसायी बिच ”एकका लागी सबै र सबैका
लागी एक” भन्ने भावना महशुस गराई दीगो हार्दिकता सृजना गर्नु ,
३.७ उद्योगलाई आवश्यक पर्ने सहायक कच्चा पदार्थ उपलब्ध गराउँने ब्यत्ती र उद्योगी, उद्योगी र
उपभोत्ता, उद्योगी र ब्यापारी, नीतिनियम बनाउने सरकारी निकाय र त्यसलाई पालना गर्ने उद्यमी,
राजनीतिज्ञ र उद्यमी, संचार क्षेत्र र उद्यमी एकै साथ एकै ठाँउमा भेलाभई एक अर्काका समस्या सुन्ने र
सुनाउने अवसर प्रदान गर्ने साझा मञ्चको रुपमा स्थापित गराउनु,
३.८ स्वदेशमा उत्पादित जुत्ता चप्पल, छालाका बस्तु तथा स्वदेशमा तयार गरिएका सामाग्रीहरु एउटै
छानामुनी उपभोत्ताले एकैपटक अवलोकन तथा खरिद गर्न पाउने अवसर प्रदान गर्नु ।
घ। व्यापार प्रवद्र्घन मेलाको समय अवधी

समृद्धिकोआधार स्वदेशी उत्पादनमा आत्मनिर्भरता
यो व्यापार प्रवद्र्घन मेला २०७९ को बैशाख १५ देखि २०७९ जेष्ठ ०८ गते सम्म काठमाडौंको भृकुटि
मण्डपमा सञ्चालन हुने छ ।


व्यापार प्रवर्धन मेलाको आकर्षण

यस नेपालमा उत्पादित जुत्ता चप्पल तथा छाला जन्य वस्तुहरु र स्वदेशी तयार गरिएका जुत्ता चप्पल,
लेडिज जेन्स बच्चा सबैलाई समेट्ने गरि अहिले गर्मि सिजन लक्षित उत्पादन र बिहेको पार्टीको लागि
लक्षित गरि उत्पादन रहने छन् भने १०% देखि ५०% सम्म आकर्षक छुटका साथै १९ कम्पनीका ३०
भन्दा बढी ब्राण्डका १००० मोडलका जुत्ता एकै ठाँउमा पाउन सकिने छ ।
स्टलमा सहभागि कम्पनी निम्न अनुसार रहेका छन्ः
 बेस ग्लोबल प्रा. ली
 बेस फुटवेयर इण्डष्ट्रिज
 शिखर शुज इण्डष्ट्रिज प्रा. ली
 कोशेली छाला जुक्ता उधोग प्रा. ली
 लालीगुँरास फुटवेयर
 रोयल फुटवेयर इण्डष्ट्रिज प्रा. ली
 शुभकामना फुटवेयर प्रोडटक नेपाल प्रा. ली
 पबित्रा शुज इण्डष्ट्रिज
 रन शुज इण्डष्ट्रिज
 स्मार्ट शुज इण्डष्ट्रिज प्रा. ली
 वान ओल्र्ड फुटवेयर प्रा. ली
 सुरभी पोलीमर्स
 सम्राट शुज प्रा. ली
 नमस्ते फुटवेयर प्रा. ली
 ओएशिस फुटवेयर पप्रा. ली
 किरण शुज म्यानुप्mयाक्चरर्स
 बोस सुज इन्डष्ट्रीज प्रा.लि.
 फुटस्टेप सुज प्रा.लि.
 नियासा सुज इन्डष्ट्रीज प्रा.लि.

व्यापार प्रवद्र्घन मेलाका उपलब्धीे

योमेलाबाट खोजिएकोमूल उपलब्धी भनेको नेपाली उत्पादनको प्रचार प्रसार तथा उत्पादक तथा उपोत्ता
तथा अन्य सरोकारवालहरु बिचको प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादनको बजारिकरणको प्रवध्र्दन भएको
हुदा यसको उपलब्धी मापनको अन्य सूचकहरुमा यसको अवलेकन तथा कारोवार पनि हो । यस मेलाको
अवधिमा निम्न अनुसारका न्युनतम प्रदर्शनीमा २ लाख ५० हजार भन्दा बढि स्वदेशी तथा विदेशी
आगन्तुकहरुले भ्रमण गर्ने अनुमान गरिएको छ र मेलामा ३ करोड बराबरको कारोबार हुने अपेक्षा
गरिएको छ ।


समृद्धिकोआधार स्वदेशी उत्पादनमा आत्मनिर्भरता
चौथौ व्यापार प्रवद्र्घन मेलामा संभाब्य अवलेकनकर्ताहरु

क) व्यापार प्रवद्र्घन मेलामा प्रदर्शन हुने वस्तुका आम उपभोत्ताहरु
ख) व्यापार प्रवद्र्घन मेलामा प्रदर्शन हुने बस्तुका थोक तथा खुद्रा विक्रेताहरु ।
ग) व्यापार प्रवद्र्घन मेलामा प्रदर्शन हुने बस्तुका उत्पादन कर्ता तथा निर्यात कर्ताहरु ।
घ) सम्बन्धित संघ÷संस्थाहरु ।
ङ) सरकारी तथा गैर सरकारी निकायहरु ।
च) कच्चा पदार्थका उत्पादक तथा आपूर्तिकर्ताहरु ।
छ) उद्योग व्यवसायलाई सघाउने र।ष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरु ।
ज) प्रदर्शनीलाई सहयोग गर्ने निकायहरु ।
झ) स्कुल क्याम्पसका बिद्यार्थीहरु तथा शिक्षक शिक्षिकाहरु, एवं प्राध्यापकहरु ।
ञ) बैंक तथा बित्तिय संघ संस्थाहरु ।
ट) पत्रकार,कलाकार,अनुसन्धान कर्ताहरु,एवं स्थानिय व्यवसायीहरु ।

अन्त्यमा

व्यापार प्रवद्र्घन मेलालाई सफल रुपमा सम्पन्न गर्नको लागि राज्यको चौथो अंग पत्रकार ज्यूहरु र
सम्पुर्ण सरोकारका क्षेत्रबाट मेलालाई सदा जस्तै सहयोग प्रेरणा प्राप्त हुने छ भन्ने आशा लिएका छौं ।
रुद्र प्रसाद नेउपाने
उपाध्यक्ष
फुटवेयर म्यानुप्mयाक्चरर्स एशोसिएसन अफ नेपाल
त्रिपुरेश्वर, काठमाडौं ।
फोन नं.ः ०१४११७०७५, ईमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *